Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

जेनजी आन्दोलनमा आगजनीका मुख्य आरोपित नेकपा नेता अन्सारी जेल चलान

जेनजी आन्दोलनमा आगजनीका मुख्य आरोपित नेकपा नेता अन्सारी जेल चलान

शनिवार , आषाढ १३, २०८३

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरका सरकारी कार्यालयहरूमा भएको आगजनी तथा तोडफोड घटनाका मुख्य आरोपित नेकपाका नेता ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अन्सारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार लामो समयदेखि फरार रहेका अन्सारी शुक्रबार अदालतमा उपस्थित भएका थिए।

अदालतमा बयानपछि सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच भएको थुनछेक बहसपछि इजलासले थुनामा पठाउने निर्णय गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अन्सारीविरुद्ध नापी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भएको आगजनी र तोडफोडसँग सम्बन्धित दुई छुट्टाछुट्टै आपराधिक उपद्रवका मुद्दा दर्ता गरेको थियो।

अदालतले नापी कार्यालयसँग सम्बन्धित मुद्दामा अन्सारीलाई थुनामा राख्न आदेश दिएको छ। सरकारी वकिल कार्यालयसँग सम्बन्धित अर्को मुद्दामा भने तीन लाख रुपैयाँ धरौटीमा रिहा हुन सक्ने आदेश भए पनि उनले हालसम्म धरौटी रकम बुझाएका छैनन्।

२०८२ भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन विराटनगरमा हिंसा भड्किँदा प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, महानगरपालिका, नापी कार्यालय, सरकारी वकिल कार्यालय, भाटभटेनी सुपरमार्केटसहित सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

प्रहरीका अनुसार उक्त हिंसात्मक घटनाको नेतृत्व अन्सारीले गरेको आरोप छ। घटनामा संलग्नहरूको पहिचानपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै २०८२ मंसिर १४ गते अन्सारीसहित ६ जनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077