काठमाडौं । नेपाल प्रहरीका ३५ जना प्रहरी नायव निरीक्षक (सई)हरूलाई वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
शुक्रवार बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ३५ जना प्रहरी (सई)हरूलाई (वरिष्ठ सई)पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।