Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तीन सहसचिव सचिवमा बढुवा सिफारिस

तीन सहसचिव सचिवमा बढुवा सिफारिस

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । प्रशासनतर्फको विशिष्ट श्रेणीको रिक्त एक सचिव पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस गरिएको छ ।

आइतबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बढुवाका लागि सिफारिस भएका सहसचिवमा राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरे रहेका छन् ।

पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । उनी आयोगका प्रवक्तासमेत हुन् । भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक र घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव हुन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

वरीयता नमिची बढुवा भए पौडेल सचिवमा बढुवा हुनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077