Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आत्मदाहको प्रयास गरी ज्यान गुमाएका गणेश र विवेकको परिवारलाई गगनले दिए १/१ लाख

आत्मदाहको प्रयास गरी ज्यान गुमाएका गणेश र विवेकको परिवारलाई गगनले दिए १/१ लाख

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका विवेक मण्डलको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको १३औँ पुण्यतिथिका अवसरमा थापाले शोकाकुल परिवारलाई राहतस्वरूप उक्त सहयोग उपलब्ध गराएका हुन्। 

मण्डलका बुबा उपेन्द्र मण्डल र पत्नी रिना कुमारीप्रति समवेदना व्यक्त गर्दै उनले परिवारलाई साथ दिने प्रतिबद्धता जनाएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आर्थिक सहयोगसँगै सभापति थापाले स्वर्गीय मण्डलका सन्तानहरूको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी पनि लिने घोषणा गरेका छन्।

यस्तै, आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको परिवारलाई पनि एक लाख आर्थिक सहयोग गरेका छन्।

यसअघि थापाले विवेक र गणेशको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेकको आत्मदाह प्रयासपछि गत असार ३० गते उपचारका क्रममा निधन भएको थियो भने मुगुको सोरू गाउँपालिका—१ का २५ वर्षीय गणेश आत्मदाह प्रयासपछि उपचारका क्रममा असार २६ गते वीर अस्पतालमा निधन भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077