Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इरानमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गर्ने ट्रम्पको चेतावनी

इरानमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गर्ने ट्रम्पको चेतावनी

शुक्रवार , श्रावण ८, २०८३

एजेन्सी । अमेरिका–इरान तनाव थप चर्किने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो सैन्य आक्रमणको तयारी पूरा भइसकेको दाबी गर्दै अन्तिम निर्णय मात्र बाँकी रहेको बताएका छन्।

ट्रम्पले इरानले अहिलेसम्म आफूले भनेजति पीडा नभोगेको टिप्पणी गर्दै आवश्यक परे कडा सैन्य कदम चाल्न अमेरिका तयार रहेको संकेत दिएका छन्। उनको यो अभिव्यक्तिपछि मध्यपूर्वमा सुरक्षा चिन्ता थप गहिरिएको छ।

यता, ट्रम्पको चेतावनीको इरानले तत्कालै कडा प्रतिक्रिया दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सैन्य आक्रमण जारी राखे त्यसको 'ठूलो मूल्य' चुकाउनुपर्ने चेतावनी दिएका छन्।

अराघचीले युद्ध समाधानको उपाय थप आक्रमण नभई वार्ता र कूटनीतिक संवाद भएको उल्लेख गर्दै तनाव बढाउने कदमबाट पछि हट्न अमेरिकालाई आग्रह गरेका छन्।

यसैबीच, सम्भावित क्षेत्रीय द्वन्द्वलाई मध्यनजर गर्दै बेलायतले पनि आफ्ना सशस्त्र बललाई उच्च सतर्कतामा राखेको जनाएको छ। बेलायती सरकारले आवश्यक परे देशको सुरक्षा र राष्ट्रिय हितको रक्षा गर्न सेना पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ।

यसअघि इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले अमेरिकाले बेलायती सैन्य अड्डा प्रयोग गरेर इरानमाथि आक्रमण गरे बेलायत पनि आफ्नो निशानामा पर्ने चेतावनी दिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077