Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सम्झौताकै मुखमा इरानले ड्रोन हमला गरेको ट्रम्पको दाबी

सम्झौताकै मुखमा इरानले ड्रोन हमला गरेको ट्रम्पको दाबी

सोमवार , आषाढ २९, २०८३

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताको अन्तिम चरणमै एउटा जहाजमा ड्रोन आक्रमण गरेर परिस्थिति बिगारेको आरोप लगाएका छन् ।

उनले इरान लगभग सबै विषयमा सहमत हुन तयार रहेको तर अन्तिम समयमा जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले कडा सैन्य जवाफ दिएको बताएका हुन् ।

सीएनएनसँग शनिबार कुरा गर्दै ट्रम्पले भने, 'उनीहरू लगभग सबै कुरामा सहमत हुन तयार थिए। तर दुई घण्टापछि नै एउटा जहाजमा ड्रोन आक्रमण गरे। यी मानिसहरूमा केही न केही समस्या छ।'

ट्रम्पका अनुसार इरानको उक्त आक्रमणपछि अमेरिकाले जवाफी कारबाहीस्वरूप इरानका करिब १४० सैन्य प्रतिष्ठानलाई निशाना बनाएर व्यापक हमला गरेको छ।

अमेरिकाले इरानले हर्मुज जलडमरूमध्य (हर्मुज स्ट्रेट) क्षेत्रमा साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ। त्यसको प्रतिउत्तरस्वरूप शनिबार राति अमेरिकी सेनाले व्यापक सैन्य कारबाही सञ्चालन गरेको जनाएको छ।

यता, इरानले भने अनधिकृत रूपमा जहाजहरू आफ्नो समुद्री क्षेत्रमा प्रवेश गर्न थालेपछि हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको दाबी गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भने इरानलाई सम्झौता पालना गर्ने थप अवसर दिइएको भए पनि उसले फेरि आक्रामक कदम चालेको आरोप लगाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077