Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

इरानसँगको वार्तामा ‘सकारात्मक प्रगति’ भएको ट्रम्पको दाबी, आणविक मुद्दामा संवाद जारी

इरानसँगको वार्तामा ‘सकारात्मक प्रगति’ भएको ट्रम्पको दाबी, आणविक मुद्दामा संवाद जारी

बिहिवार , आषाढ १८, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी आणविक वार्तामा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन्। उनले हालै कतारमा भएका छलफलहरू सकारात्मक रहेको बताउँदै वार्ता सही दिशामा अघि बढिरहेको बताएका हुन्।

बुधबार नर्थ डकोटा प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रम सीमित गर्ने उद्देश्यसहित भइरहेको संवाद उत्साहजनक रहेको बताए।

उनले दुवै पक्षबीच निकै राम्रो छलफल भएको उल्लेख गर्दै अब वार्ताले के परिणाम दिन्छ भन्ने कुरा आगामी चरणमा स्पष्ट हुने बताए।

ट्रम्पले इरानमाथि अमेरिकाले आफ्नो दबाबको नीति कायम राखे पनि कूटनीतिक संवाद निरन्तर अघि बढिरहेको स्पष्ट पारे। उनका अनुसार वार्तामार्फत समाधान खोज्ने प्रयास सकारात्मक रूपमा अगाडि बढिरहेको छ।

यता, इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि मात्रै रहेको अडान दोहोर्याउँदै आएको छ। इरानले आफ्नो आणविक गतिविधि ऊर्जा, अनुसन्धान र नागरिक प्रयोजनका लागि भएको बताउँदै आएको छ।

कतारको राजधानी दोहामा हालै अमेरिका र इरानबीच अप्रत्यक्ष प्राविधिक वार्ता भएको थियो। उक्त वार्तामा कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077