Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

इरानलाई ट्रम्पको चेतावनी - सम्झौता तोडे आवश्यक कदम चाल्छौँ

इरानलाई ट्रम्पको चेतावनी - सम्झौता तोडे आवश्यक कदम चाल्छौँ

मंगलवार , आषाढ ९, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरिएको सम्झौताको पालना नगरे कडा कदम चालिने इरानलाई चेतावनी दिएका छन् ।

पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले इरानको व्यवहार र सम्झौताप्रति प्रतिबद्धतामाथि प्रश्न उठाउँदै भने, “यदि इरान आफ्नो सम्झौताबाट पछि हट्छ वा उसको व्यवहार उचित रहँदैन भने मैले जे गर्नुपर्छ, त्यही गर्नेछु।”

पश्चिम एसियामा शान्ति स्थापना गर्ने उद्देश्यका साथ स्विट्जरल्यान्डमा दुवै देशका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको केही दिनमै ट्रम्पको यो कडा अभिव्यक्ति सार्वजनिक भएको हो।

गत साता मात्रै राष्ट्रपति ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजेस्कियानबीच अमेरिका–इरान सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौताअनुसार इरानमाथिको केही वित्तीय प्रतिबन्ध हटाउने सहमति भएको छ।

तर ट्रम्पले ती वित्तीय सम्पत्तिहरूको प्रयोग कडा शर्तमा मात्र हुनुपर्ने बताएका छन्। उनका अनुसार, “यो सबै पैसा खाद्य सामग्री खरिदमार्फत अमेरिकामै फर्किनेछ, जसबाट हाम्रा किसानहरूले पनि लाभ पाउनेछन्।”

उनले इरानको जनसंख्या र आर्थिक अवस्थाप्रति संकेत गर्दै त्यहाँ खाद्य संकट रहेको दाबीसमेत गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077