Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

इरानसँगको शान्ति सम्झौतालाई ट्रम्पले गरे जितको दाबी

इरानसँगको शान्ति सम्झौतालाई ट्रम्पले गरे जितको दाबी

बिहिवार , आषाढ ४, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्झौतालाई आफ्नो प्रशासनको ठूलो कूटनीतिक सफलता र इरानमाथिको विजयका रूपमा प्रस्तुत गरेका छन् ।

तर अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूले भने यो दाबीप्रति असहमति जनाउँदै सम्झौतालाई अमेरिकाको रणनीतिक कमजोरी र युद्धबाट सम्मानजनक रूपमा बाहिरिने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

विश्लेषकहरूका अनुसार १०० दिनभन्दा लामो सैन्य संघर्ष, अर्बौं डलरको युद्ध खर्च, विश्वव्यापी ऊर्जा आपूर्तिमा परेको असर, खाडी क्षेत्रमा समुद्री व्यापारमा देखिएको अवरोध तथा अमेरिकी जनमतमा बढ्दो असन्तुष्टिका कारण वासिङ्टन अन्ततः वार्ताको बाटो रोज्न बाध्य भएको हो ।

उनीहरूको भनाइमा अमेरिका आफ्नो प्रमुख रणनीतिक उद्देश्य हासिल गर्न सफल हुन सकेन। यसै सन्दर्भमा, शिकागो विश्वविद्यालयका प्राध्यापक रोबर्ट ए. पेपले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै यो सम्झौताले अमेरिकाको रणनीतिक चुनौती उजागर गरेको टिप्पणी गरेका छन्।

उनका अनुसार अमेरिका युद्धलाई थप लम्ब्याउन पनि कठिन र सम्मानजनक रूपमा पछि हट्न पनि चुनौतीपूर्ण अवस्थामा पुगेको थियो।

यता, ट्रम्प प्रशासनले भने सम्झौताले क्षेत्रीय तनाव कम गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै आएको छ। राष्ट्रपति ट्रम्पले इरान पराजित भएको दाबी दोहोर्याइरहेका छन्।

यसबीच, अमेरिकी टेलिभिजन सीबीएस न्युजसँगको अन्तर्वार्तामा रक्षामन्त्री पिट हेगसेथले युद्ध अवधिभर होर्मुज जलमार्ग अमेरिकाकै नियन्त्रणमा रहेको दाबी गरेका छन्।

यद्यपि, शान्ति सम्झौतापछि पनि यसको वास्तविक प्रभाव र युद्धको अन्तिम परिणामबारे अन्तर्राष्ट्रिय स्तरमा बहस जारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077