Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्राकृतिक विपदमा हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन हुन्छ: गृहमन्त्री

प्राकृतिक विपदमा हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन हुन्छ: गृहमन्त्री

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गर्ने जानकारी दिए ।

उनले सम्भावित संकटको अवस्थामा छिटो काम गर्नेगरि संयन्त्र निर्माण गरिएको पनि जानकारी दिए । विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उनको भनाइ छ ।

उनले भने- 'विपद् व्यवस्थापनमा हाम्रो पूर्वतयारी राम्रै छ, त्यही अनुसारमा सुरक्षा निकायहरू पनि खटाइएको छ । त्यही अनुसारमा डिफरेन्ट को–लिड, लिडहरूलाई पनि हामीले निर्देशन दिएका छौं । यसपाली मन्त्रीको निरीक्षण भन्दापनि जनताको सुरक्षाको लागि हेलिकप्टरदेखि लिएर सबै कुराहरू खटाउने हाम्रो योजनामा राखिराखेका छौं ।'

उनका अनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँ-कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली ९एप० विकास गरिएको पनि उनले बताए । 

उनले भने–'भौतिक पूर्वाधार मन्त्रालयसँग गृहमन्त्रालयले मिलेर कुनै बाढी पहिरो आइहालेको खण्डमा पहिरो हटाउनको लागि हामीले एप निर्माण गरेका छौँ । राइड शेयरिङ एपहरूले लोकेसन हाल्ने बित्तिकै त्यहाँको नजिँकै कहाँ–कहाँ राइडरहरू छ भनेर थाहा हुन्छ। त्यहीअनुसारमा पुर्वाधार विकास मन्त्रालयले एउटा एप बनाएको छ । जहाँ डोजरहरू कहाँ कहाँ छ भनेर ठ्याक्क थाहा हुन्छ। कुनै क्षेत्रमा यदी तत्काल रेस्पोन्ड गर्नुपर्‍यो भने तुरुन्तै हामीले गर्ने, बाटो फुकाउने हिसाबले एप डेभलप गरेका छौं ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077