Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हिरासतमै पुगेर जेनजी अगुवालाई धम्क्याएको आरोप, पूर्वगृहमन्त्री सुधनमाथि छानबिनको माग

हिरासतमै पुगेर जेनजी अगुवालाई धम्क्याएको आरोप, पूर्वगृहमन्त्री सुधनमाथि छानबिनको माग

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङले प्रहरी हिरासतभित्र पुगेर आफ्ना अगुवामाथि दुर्व्यवहार र मानसिक दबाब सिर्जना गरेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन तथा कारबाहीको माग गरेको छ।

अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँस्थित प्रहरी वृत्त लैनचौरको हिरासतमा राखिएका जेनजी अभियन्तामाथि गुरुङले अमर्यादित व्यवहार गरेको बताएका हुन्।

जेनजी अगुवाहरूले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिएको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको थियो।

विज्ञप्तिअनुसार पक्राउ परेको करिब एक घण्टापछि पूर्वगृहमन्त्री गुरुङ सुरक्षाकर्मीसहित हिरासत कक्षमा प्रवेश गरी उनीहरूसँग दबाबमूलक व्यवहार गरेका थिए।

‘तपाईहरू कोबाट परिचालित हुनुहुन्छ रु यो अन्तिम मौका हो, अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ, सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्,’ भन्दै गुरुङले आफूहरूलाई मानसिक रूपमा त्रसित बनाउने प्रयास गरेको जेनजी अभियानको दाबी छ।

अभियानले हिरासतमा रहँदा प्रहरीले समेत आधारभूत मानवअधिकारको सम्मान नगरेको आरोप लगाएको छ। पक्राउ परेकाहरूलाई पिउने पानीसमेत उपलब्ध नगराइएको भन्दै उनीहरूले प्रहरीको व्यवहारप्रति पनि गम्भीर आपत्ति जनाएका छन्।

घटनाले नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र हिरासतमा रहेका व्यक्तिको अधिकारमाथि प्रश्न उठाएको भन्दै अभियानले सम्पूर्ण घटनाको स्वतन्त्र छानबिन गर्न तथा दोषीमाथि कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077