Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

गणेश नेपालीको मृत्युपछि गृहमन्त्रीले कावा मेयर सुनिता डंगोललाई बोलाए छलफलमा

गणेश नेपालीको मृत्युपछि गृहमन्त्रीले कावा मेयर सुनिता डंगोललाई बोलाए छलफलमा

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि घटनाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङले काठमाडौं महानगरपालिकाका पदाधिकारीलाई बोलाएका छन्।

गृहमन्त्री गुरुङले काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत तथा महानगर प्रहरी प्रमुखलाई छलफलका बोलाएका  हुन्।

प्रारम्भिक अनुसन्धानअनुसार बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकल रोकेर बसेका बेला काठमाडौं महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि विवाद र तनाव सिर्जना भएको थियो। त्यसलगत्तै नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।

घटनास्थलमा खटिएको नेपाल प्रहरीले तत्काल आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

घटनापछि सरकार र सम्बन्धित निकायले घटनाको वास्तविक कारण तथा जिम्मेवारीबारे थप अनुसन्धान अघि बढाएका छन्। 

गृहमन्त्रीले पनि घटनाको यथार्थ विवरण बुझ्न काठमाडौं महानगरका सम्बन्धित अधिकारीलाई छलफलमा बोलाएका हुन्।

यसअघि सोही घटनामा प्रहरीले दुई जना महिला नगर प्रहरी र एक जना पुरूष नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसारउनीहरुलाई कालीमाटी वृत्तमा राखेर सोधपुछ र अनुसन्धान अगाडि बढाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077