Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

आकस्मिक सीआईबी कार्यालय किन पुगे गृहमन्त्री गुरुङ ?

आकस्मिक सीआईबी कार्यालय किन पुगे गृहमन्त्री गुरुङ ?

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मंगलबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को आकस्मिक निरीक्षण भ्रमण गरेका छन् ।

कोशी प्रदेशको सुनसरी, धनकुटा र झापाको भ्रमण सकेर काठमाडौं फर्किएलगत्तै उनी लाजिम्पाटस्थित सीआईबी मुख्यालय पुगेका हुन् ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले ब्यूरोको अनुसन्धान गतिविधि, सञ्चालन अवस्था तथा चर्चित मुद्दाहरूको प्रगतिबारे जानकारी लिएका थिए।

हाल सीआईबीको नेतृत्व एआईजी उमा प्रसाद चतुर्बेदीले गरिरहेका छन्। मन्त्रिपरिषद्को असार १८ गतेको निर्णयअनुसार डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गर्दै चतुर्बेदीलाई असार १९ गतेदेखि सीआईबीको जिम्मेवारी दिइएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077