काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक भएको जनाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलाइएका आक्रमणसम्बन्धी हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।
सचिवालयका अनुसार गृहमन्त्री गुरुङ सुरक्षित रहेका छन् र उनीमाथि कुनै किसिमको आक्रमण नभएको बताइएको छ ।
यसअघि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को चितवनस्थित महाधिवेशनस्थलमा गृहमन्त्री गुरुङमाथि आक्रमण भएको भन्दै विभिन्न पोस्ट तथा दाबीहरू सार्वजनिक भएका थिए ।
रास्वपा नेतासमेत रहेका गुरुङमाथि अज्ञात समूहले सोमबार राति धारिलो हतियार प्रयोग गरि घाइते बनाएको र हाल उनको अस्पतालमा उपचार भइरहेको भन्दै सामाजिक सञ्जालमा अहिले पनि विवरणहरू भाइरल भइरहेका छन् ।
सचिवालयले यस्ता भ्रामक सूचना फैलाउने कार्यप्रति सचेत रहन आग्रह गर्दै आधिकारिक स्रोतबाट प्राप्त जानकारीमात्र विश्वास गर्न अपिल गरेको छ ।
प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री गुरुङसहित अधिकांश मन्त्री यतिबेला चितवनमा रहेका छन् ।
आइतबार उद्घाटन भएको रास्वपाको महाधिवेशनअन्तर्गत सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र आज केहीबेरमा सुरु हुँदै छ