Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

राहदानी छपाई प्रकरण: विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान जारी

राहदानी छपाई प्रकरण: विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान जारी

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । राहदानी छपाइ अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक सहसचिव तीर्थराज अर्यालसहित ७ जनामाथि विशेष अदालतमा बयान सुरु भएको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याललाई असार दुई गते पक्राउ गरेको थियो । अनुसन्धानपछि १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । 

मुद्दा दायर भएकामध्ये ७ जनालाई आज विशेष अदालतमा हाजिर गराएर न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा  बयान सुरु भएको हो ।

अदालतमा उपस्थित गराइएका विभागका महानिर्देशक अर्यालसहित निर्देशक सुनिल कुमार के।सी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाईँ, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल र जर्मनी कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्लको आज बयान पूरा भएमा थुनछेक बहस हुनेछ ।

सातै जनालाई विपक्षी बनाइएको मुद्दामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४ सय ७७ रूपैयाँ बिगो दाबी रहेको छ। 

साथै, अख्तियारले १० कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा पेश गरेको छ ।

मुलबहर कम्पनी र प्रतिनिधिहरू गेरहार्ड मौरर, पाभ्ले राकिक र मणीन्द्र राज मल्ललाई १ अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपैयाँ ६२ पैसा बिगो कायम गरेर मुद्दा दायर भएको छ । त्यस्तै भेरिडस र प्रतिनिधिहरू फाबियोला बेलरशेम, फ्लोरियन पाकुलिन र सिद्धार्थ थापालाई ८ अर्ब २२ करोड ३५ लाख ४ हजार ४ सय ४४ रुपैयाँ ३९ पैसा विगो कायम साथै मुख्य कसुरदार सरह कैद, बिगो बमोजिम जरिवाना र १८ करोड ४४ लाख रुपैयाँ असुल गर्न माग गरिएको छ ।

विशेष अदालतका प्रवक्ता उपरजिष्ट्रार कृष्णशरण लामिछानेका अनुसार अहिले इजलाशमा बयान चलिरहेको छ ।समय मिलेमा आजै बहस हुने र थुनछेकसम्बन्धी आवश्यक आदेश हुनसक्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077