Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

रास्वपा महाधिवेशनमा ३ हजार ८४९ प्रतिनिधि तय, कुन प्रदेशबाट कति ?

रास्वपा महाधिवेशनमा ३ हजार ८४९ प्रतिनिधि तय, कुन प्रदेशबाट कति ?

मंगलवार , आषाढ ९, २०८३

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन्। 

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो।

चितवनमा जारी महाधिवेशनमा कोशी प्रदेशबाट ५५१, बागमतीबाट ५०८, गण्डकीबाट ३५६, लुम्बिनीबाट ५२२, मधेशबाट ५४०, कर्णालीबाट ३१३ र सुदूरपश्चिमबाट ४०० जना प्रतिनिधि सहभागी हुने छन् । 

आयोग प्रमुख केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ। आज दिउँसो २ः०० बजे बन्दसत्र सुरु हुने र ६ः४५ मा समापन हुनेछ। 

महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गरिँदैछ। असीवटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ।

एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुनेछ ।

प्रदेशअनुसार महाधिवेशन प्रतिनिधिको नामावली



सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077