Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

रास्वपा प्रवक्ता मनिष झाले भने–‘छुद्र’ टिप्पणी गर्ने खगेन्द्र सुनारमाथि नयाँ कार्यसमितिले कारबाही गर्छ

रास्वपा प्रवक्ता मनिष झाले भने–‘छुद्र’ टिप्पणी गर्ने खगेन्द्र सुनारमाथि नयाँ कार्यसमितिले कारबाही गर्छ

मंगलवार , आषाढ ९, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा निम्त्याइएका पाहुनाबारे सांसद खगेन्द्र सुनारले गरेका टिप्पणी गलत भएको जनाएको छ । 

पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता मनिष झाले सुनारले अमर्यादित टिप्पणी गरेको बताए । उलले भने–‘आफैँले बोलाएको पाहुनालाई गैर राजनीतिक टिप्पणी गर्न हुँदैन । त्यो गलत हो ।’

पाहुनालाई बोलाइसकेपछि कम्तीमा सर्टेन दायरामा सम्मान व्यक्त गर्नुपर्ने भन्दै झाले भने–‘राजनीतिक टिका टिप्पणी गर्ने मूल्यांकन गर्ने ठाउँहरू निश्चित हुन्छन् । हामीले बोलाएर आउनु भएपछि उहाँहरू अतिथि हो । घरमै बोलाएर टिप्पणी गर्नु गलत हो ।’

‘छुद्र’ टिप्पणी गर्ने सांसद सुनारमाथिको कारबाहीबारे महाधिवेशनले चयन गर्ने नयाँ समितिले निर्णय गर्ने झाले बताए ।

सांसद सुनारले पार्टीको उद्घाटन समारोहमा आएका अन्य दलका प्रतिनिधिलाई हाक्काहाक्की भ्रष्टाचारी र आतङ्ककारी भनेका थिए ।

उनले भनेका थिए–‘रवि दाइले हिजो चाहिँ उहाँहरुलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी, आतङ्ककारीहरुको अनुहार कार्यकर्ता साथीभाइले हेरुन्, यिनीहरुलाई अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भएको हो ।’

रास्वपाका नेता–कार्यकर्तालाई सम्झाउन जरुरी नभएको भन्दै उनले बिरामीले आएर डाक्टरलाई सल्लाह दिन जरुरी नभएको बताएका थिए । उनले भनेका थिए–‘रवि लामिछाने, बालेन शाह, डा. स्वर्णिम वाग्लेजस्ता डाक्टरहरुलाई विरामीले सल्लाह दिनु पर्दैन । विरामीलाई डाक्टरले सल्लाह दिने हो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077