Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images
विष्णु पौडेल पक्राउ प्रकरण

सभापति थापाले भने–पार्टीको कोही नेता अनुसन्धानमा पर्छ र दोषी देखिन्छ भने कारबाही गर्नुस्, हामी साथ दिन्छौं

सभापति थापाले भने–पार्टीको कोही नेता अनुसन्धानमा पर्छ र दोषी देखिन्छ भने कारबाही गर्नुस्, हामी साथ दिन्छौं

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विधिको शासन भनेको कानून भन्दा माथि कोही पनि नहुने बताएका छन्। झापा पुगेका सभापति थापाले पार्टीको कार्यक्रममा बोल्दै आफ्नो सिद्धान्तमा कुनै सम्झौता नगर्ने बताए।

उनले भने–‘सरकारले अनुसन्धान गरोस्। पुरानो सबै फाइल खोल्नुस्। सबै काण्डको फाइल खोल्नुस्। हाम्रो पार्टीको कोही नेता पर्छ, दोषी देखिन्छ भने कांग्रेसले चुइँक्क गर्दैन। कानूनको सीमाभित्र बसेर तपाईँले गर्नुपर्छ। विधिको सीमाभित्र बसेर गर्नुपर्छ।’

कांग्रेसले नागरिकका मुद्दा उठाउने बताउँदै उनले भने–‘हामी अहिले भूमिहीन सुकुम्वासीको विषय उठाएका छौँ हाम्रो चासो भूमिहीन सुकुम्वासीको समस्याको समाधान गर्ने विषयको सन्दर्भमा संविधानले बोलेको छ, कानूनले बोलेको छ, सामाजिक न्यायको कुरा छ, यी कुराहरूलाई उल्लङ्घन गरेर सरकारले गर्न पाउँदैन भन्ने विषय हामी उठाउँछौ।’

उनले चिया किसानको समस्यादेखि हतार हतारमा सरकारले प्लस टु र एसइईको नतिजा ल्याउँदा देखिएको समस्याबारे पनि आफूले ध्यान दिएको बताए।

उनले भने–‘सरकारले अहिले चाँडो परिणाम निकाल्छु भनेर वाहवाही बटुल्छु भनेर हतार गर्दै गर्दा एसएलसीमा पनि सयौँ केटाकेटीको बिजोग भयो, अहिले १२ कक्षामा पनि सयौँ–सयौँ केटाकेटीको बिजोग भयो, त्यसमध्ये मेरो छोरा पनि पर्‍यो भनेर आज एकजना आमाले भन्नुभयो। म काठमाडौं गएपछि यो खालको पीडामा परेकाको कुरा सुन्नुछ।’
सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले हिजो मात्रै आठ पटकसम्म मन्त्री भइसकेक नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको छ । 

हिजो सुर्खेतबाट पक्राउ परेका पौडेललाई नेपालगञ्ज हुँदै माइक्रोमा राखेर आज पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।  उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले जनाएको छ । 

बीपीले बनाएको पार्टी १० वर्षमा छिया–छिया पारियो, हामी बनाउन आएका छौं 
सभापति थापाले पछिल्लो ८–१० वर्षमा नेपाली कांग्रेसलाई छिया–छिया पारिएको भन्दै नेताहरू प्रति कटाक्ष गरेका छन् । थापाले अहिले पार्टीलाई बनाउँछु भनेर आएको बेलामा अनेक प्रस्ताव गरेर अप्ठ्यारो पार्न खोजे नटेरेरै अघि बढ्ने बताए ।

उनले भने–‘बीपी कोइरालाले बनाएको पार्टीलाई ८–१० वर्षमा छिया छिया पारियो । यसलाई बनाउँछु भनेर आएको बेलामा अप्ठ्यारो पार्ने गरी अनेक प्रस्ताव आउँछ भने मानिँदैन । नमानेरै अघि बढ्ने हो । हामी पार्टी बनाउन आएका छौं ।’ 

उनले पार्टीको सदस्यता अध्यावधिक नगर्ने नेता कार्यकर्तालाई पार्टीले नचिन्ने भन्दै चेतावनी पनि दिए ।

उनले भने–‘सबै नेताहरूले महाधिवेशन भाग लिनुहोला । अनि मलाई क्षमा पनि गर्नुहोला । अध्यावधिक नगर्नु भएको नेतालाई म सम्मान गर्छु । तर सिस्टमले चिन्दैन । भोट हाल्न पाउनुहुन्न । अब वडाको अधिवेशन सुरु हुन्छ । क्षमा गर्नुहोला–अध्यावधिक नगर्नु भएका साथीहरूको नाम सिस्टममा आउँदैन ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077