Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगनलाई मोहन बस्नेतले चेतावनी दिँदै भने- वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाटै निकाल्छौँ

गगनलाई मोहन बस्नेतले चेतावनी दिँदै भने- वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाटै निकाल्छौँ

शनिवार , जेठ ९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगनकुमार थापालाई वडा सभापतिहरूमाथि कारबाही गरे कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

शनिबार गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले वडा सभापतिदेखि जिल्ला सभापतिसम्म हटाउने गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले भने- 'तपाईँले वडा सभापति मात्र होइन, जिल्ला सभापतिलाई तपाईँले हटाउनुभएको छ, अलग्गै गर्नुभएको छ यदि तपाईँले भनेको नमाने बाफत । उहाँहरूलाई निष्कासन गरेर अरूलाई नियुक्ति गर्न थाल्नुभयो भने, गगनजी ती सबै मान्छे सानेपा आएर तपाईँलाई पार्टी कार्यालयबाट निकाल्नेछन्। त्यसमा हाम्रो साथ दिन्छौँ।'

उनले यस्तो कदम चालिएमा सानेपास्थित पार्टी कार्यालयबाटै  निकाल्दिने चेतावनी दिए ।

साथै, उनले विशेष महाधिवेशनलाई ‘किर्ते’ को संज्ञा दिँदै क्रियाशील सदस्यता नवीकरणका नाममा भइरहेको प्रक्रियामाथि पनि प्रश्न उठाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077