Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतपछि चीन भ्रमणमा जाँदै रवि लामिछाने

भारतपछि चीन भ्रमणमा जाँदै रवि लामिछाने

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् ।

रास्वपानिकट स्रोतका अनुसार भ्रमणको सम्भावित मिति तय भए पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

भ्रमण टोलीको अन्तिम टुंगो लाग्न बाँकी रहेकाले टोलीमा सहभागी हुने व्यक्तिहरूको नाम पनि खुलाइएको छैन।

स्रोतका अनुसार लामिछानेको भ्रमणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग समन्वय भइरहेको छ। भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने अपेक्षा गरिएको छ।

भ्रमण आगामी हप्ताको अन्त्यतिर वा त्यसपछिको हप्तामा हुन सक्ने रास्वपा स्रोतले जनाएको छ।

यसअघि सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणमा पाँच दिने भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्केका थिए ।

भारतबाट फर्के लगतै सभापति लामिछानेलाई चीन भ्रमणको निम्तो आएको थियो । भारत भ्रमणपछि नै उनलाई चीन भ्रमणको निमन्त्रणा आएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077