Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रवि लामिछानेले भने - प्रदेश खारेजी होइन, प्रभावकारी बनाउने पक्षमा रास्वपा छ

रवि लामिछानेले भने - प्रदेश खारेजी होइन, प्रभावकारी बनाउने पक्षमा रास्वपा छ

शुक्रवार , आषाढ १९, २०८३

प्रदेश खारेजी होइन, प्रभावकारी बनाउने पक्षमा रास्वपा : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेज गर्ने प्रस्ताव नरहेको स्पष्ट पारेका हुन ।

उनले रास्वपाले प्रदेश खारेजीको एजेन्डा अघि नसारेको दाबी गर्दै वर्तमान संरचनालाई समयानुकूल सुधार (रेट्रोफिट) गरी थप प्रभावकारी बनाउने विषयमा छलफलको प्रस्ताव गरिएको बताए।

लामिछानेका अनुसार संविधानका विभिन्न व्यवस्थामाथि खुला बहस आवश्यक रहेको र प्रदेश संरचनाको प्रभावकारिताबारे पनि सबै राजनीतिक दलले समीक्षा गर्नुपर्ने अवस्था आएको छ।

'हामीले प्रदेश खारेज गर्ने कुरा कतै पनि लेखेका छैनौँ। प्रदेश संरचनालाई रेट्रोफिट गरेर प्रभावकारी बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो। यो बहसको विषय बनाऔँ भनेर मात्र प्रस्ताव गरेका हौँ,' उनले भने।

उनले प्रदेश संरचनाबारे प्रश्न उठाउने काम रास्वपाले मात्रै नगरेको उल्लेख गर्दै विगतमा अन्य ठूला राजनीतिक दलका नेताहरूले समेत प्रदेश खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरेको स्मरण गराए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077