Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

गोल्फुटारमा देउवा समूहको छुट्टै बैठक, को–को छन् सहभागी ?

गोल्फुटारमा देउवा समूहको छुट्टै बैठक, को–को छन् सहभागी ?

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बसेको छ ।

सातै प्रदेशमा हालै गरिएको भेला र आगामी रणनीतिबारे छलफल गर्न पूर्व सभापति शेरबहादुर देउवा समूहको बैठक शुक्रबार दिउँसो बोलाइएको थियो । 

बैठक पूर्व उपसभापति पूर्णबहादुर खड्का निवास गोल्फुटारमा बैठक बसेको हो।

आजको छलफलमा पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि र विजय गच्छदार, पूर्व महामन्त्रीहरू कृष्ण सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह रहेका छन् ।

यसैगरी पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली सभापति ललितजंग शाही, नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा. प्रकाशशरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना, मोहन बस्नेतलगायतका नेताहरु सहभागि रहेका छन् ।

देउवा समूहको बैठकमा कोइराला समूह भने सहभागी भएको छैन। यसअघि ३१ जेठमा कोशी प्रदेशस्तरीय भेला हुँदा देउवा समूहमा कोइराला पनि थिए। 

यद्यपी बिहीबार मात्रै कोइराला र पूर्णबहादुरबीच भेटघाट भएको थियो । 

संस्थापन इतर समूहरुका नेताहरुबचि छुट्टाछुट्टै भेटघाट भइरहेको छ ।

बिहीबार नै काठमाडौंको मध्यबानेश्वरस्थित नेता विमलेन्द्र निधिको निवासमा डा. शशांक कोइराला र प्रकाशमान सिंह पुगेका थिए । उनीहरुले पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए ।

कांग्रेसमा सदस्यता अद्यावधिकको समय सकिन लाग्दा इतर समूहको छलफल बाक्लिएको छ।

पन्ध्रौँ महाधिवेशनको तयारीस्वरुप कांग्रेसले पछिल्लो पटक २० असारभित्र सदस्यता अद्यावधिक सक्ने समयसीमा निर्धारण गरेको थियो। आज राति १२ बजे उक्त समयसीमा सकिँदैछ।

यसको पूर्वसन्ध्यामा पूर्वसभापति देउवा समूहका नेताहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077