Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री बालेनको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानमन्त्री बालेनको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक बस्दै

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाइएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले बेलुकी ५ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिएको जानकारी अनुसारबैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्नेबारे छलफल हुने छ ।

हाल निर्वाचन आयोगमासहित, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा विभिन्न पद रिक्त रहेका छन्।

उक्त रिक्त पदहरूमा संवैधानिक परिषद्ले नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने प्रावधान छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077