Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो पटक संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस हुने

पहिलो पटक संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस हुने

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संवैधानिक परिषद् बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बिहीबार अपरान्ह ५ बजे बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बेलाई आमन्त्रण गरिएको छ।

हाल सपना मल्ल प्रधान सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीश छन् । न्याय परिषद्ले प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा। मनोजकुमार शर्मा, डा। नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीशका लागि योग्य हुन्छन् ।

प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिना पहिले नै नाम सिफारिस गर्ने अभ्यास छ । तीन वर्ष अवधि पुगेका सबै न्यायाधीशहरूको नाम सिफारिस गरेपनि संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने अभ्यास छ ।

संवैधानिक परिषद्ले सिफारिस गर्ने प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुन्छन् । सिफारिस भएका मध्येबाट संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नेछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077