Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संवैधानिक नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान

संवैधानिक नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान

बुधवार , बैशाख २३, २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन शाह (बालेन) ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। 

बैठक बिहीबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्नेगरी तय गरिएको छ।

बैठकमा प्रधान न्यायाधीश नियुक्तिको सिफारिससहित विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधान न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षलगायत विभिन्न संवैधानिक निकायमा पद रिक्त रहेका छन्। 

सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको हो।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रधान न्यायाधीश रहने संवैधानिक व्यवस्था छ। 

तर, मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै अब परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या चार जना भए पुग्ने व्यवस्था गरिएको छ ।

परिषद्को निर्णयका लागि भने अध्यक्षसहित कम्तीमा तीन सदस्यको समर्थन आवश्यक पर्ने प्रावधान राखिएको छ।

संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषद्ले नाम सिफारिस गरेर संसदीय सुनुवाइ प्रक्रिया पूराभएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077