Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

तेहरानमा खामेनीको अन्त्येष्टि सुरु, परिवारका चार सदस्य पनि सँगै दफन गरिने

तेहरानमा खामेनीको अन्त्येष्टि सुरु, परिवारका चार सदस्य पनि सँगै दफन गरिने

शुक्रवार , आषाढ १९, २०८३

एजेन्सी । गत फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा मारिएका इरानका तत्कालीन सर्वोच्च नेता अयातुल्लाह अली खामेनी र उनका परिवारका सदस्यहरूको अन्त्येष्टि निर्धारित समयभन्दा अघि नै सुरु भएको छ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार अन्त्येष्टि स्थानीय समयअनुसार शुक्रबार साँझ सुरु हुने तय भए पनि विदेशी उच्चस्तरीय प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरू श्रद्धाञ्जली अर्पण गर्न समयअघि नै पुग्न थालेपछि कार्यक्रम पूर्वनिर्धारित समयभन्दा अघि सुरु गरिएको हो।

आईआरएनएले जनाएअनुसार तेहरानस्थित मोसल्ला परिसरमा अयातुल्लाह खामेनी र उनका परिवारका सदस्यहरूको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।

देश–विदेशबाट आएका विशिष्ट व्यक्तित्व, सरकारी अधिकारी तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

अन्त्येष्टिमा अयातुल्लाह अली खामेनीसँगै उनका परिवारका चार सदस्यलाई पनि एकैसाथ दफन गरिने जनाइएको छ।

दफन गरिनेमा उनकी छोरी बसर अल खामेनी, ज्वाइँ मिसबाह अल–होदा बगेरी, वर्तमान सर्वोच्च नेता मोज्ताबा खामेनीकी पत्नी जाहरा हद्दाद अदेल तथा नातिनी जाहरा मोहम्मदी गोलपेगानी रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077