Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मारिएको ४ महिनापछि खामेनीको अन्त्येष्टि गरिँदै, तेहरानदेखि मसहदसम्म भव्य श्रद्धाञ्जली कार्यक्रम

मारिएको ४ महिनापछि खामेनीको अन्त्येष्टि गरिँदै, तेहरानदेखि मसहदसम्म भव्य श्रद्धाञ्जली कार्यक्रम

बुधवार , जेठ २०, २०८३

एजेन्सी । इरानका पूर्व सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको झन्डै चार महिनापछि राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

इरानी अधिकारीहरूले जुन २१ आसपास अन्तिम बिदाइ कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको बताएका छन् ।

खामेनी गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणका क्रममा मारिएका थिए। इरानी राज्य सञ्चारमाध्यमहरूले मार्च १ मा उनको मृत्यु पुष्टि गरेका थिए।

उनको अन्तिम इच्छाअनुसार शवलाई उत्तरपूर्वी इरानको धार्मिक सहर मसहद स्थित इमाम रेजा श्राइन परिसरनजिकै दफन गरिने बताइएको छ। मसहद खामेनीको जन्मस्थलसमेत हो ।

इरानको शक्तिशाली सुरक्षा निकाय इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का अनुसार तेहरान, कोम र मसहदमा हुने अन्त्येष्टि कार्यक्रम विश्वकै ठूलो शोकसभामध्ये एक बन्न सक्ने अनुमान गरिएको छ। इरानी अधिकारीहरूले करिब २ करोड मानिस सहभागी हुन सक्ने दाबी गरेका छन्।

मुख्य श्रद्धाञ्जली समारोह राजधानी तेहरान मा आयोजना हुनेछ, जहाँ कम्तीमा २४ घण्टासम्म राजकीय कार्यक्रम चल्ने अपेक्षा गरिएको छ।

त्यसपछि शवलाई धार्मिक सहर कोम हुँदै मसहद पुर्‍याइनेछ । अन्तिम संस्कारअघि दुवै सहरका प्रमुख सडकहरूमा विशाल अन्त्येष्टि जुलुस निकालिने तयारी गरिएको छ।

इरानी प्रशासनले सर्वसाधारणलाई अन्तिम दर्शन र श्रद्धाञ्जली अर्पण गर्न तीन दिनको विशेष समय छुट्याएको जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077