Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

खामेनीको अन्त्येष्टिमा लाखौं जनता सहभागी

खामेनीको अन्त्येष्टिमा लाखौं जनता सहभागी

आइतवार , आषाढ २१, २०८३

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रममा दोस्रो दिन पनि लाखौं समर्थकको उपस्थिति रहेको छ ।

तेहरानस्थित ग्रान्ड मोसल्ला हलमा खामेनीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो भीड लागेको थियो ।

अत्यधिक गर्मीका बीच श्रद्धाञ्जली दिन आउनेका लागि पानी छर्किने उपकरण जडान गरिएको थियो भने स्वयंसेवकहरूले चिसो पेय पदार्थ वितरण गरेका थिए ।

खामेनीको निधनसँगै इरानी राजनीतिक प्रणाली भने यथावत् नरहने विश्लेषण गरिएको छ । उनका उत्तराधिकारी तथा छोरा मोज्तबा खामेनीले आफ्ना पिताभन्दा फरक रणनीति अपनाउने संकेत देखाएका छन् ।

विश्लेषकहरूका अनुसार नयाँ नेतृत्वले प्रत्यक्ष टकरावको नीति अघि बढाउँदै छिमेकी मुलुकहरूप्रति कडा अडान लिएको छ भने अमेरिका र इजरायलसँगको तनावलाई थप चर्काउने संकेत दिएको छ ।

अमेरिकाले इरानमा शासन परिवर्तन गराउन नसके पनि वर्तमान घटनाक्रमले इरानी सत्ता संरचनाभित्र भने उल्लेखनीय परिवर्तन ल्याएको टिप्पणी गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077