Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सर्वोच्च नेता खामेनीको हत्याको बदला लिने इरानको चेतावनी

सर्वोच्च नेता खामेनीको हत्याको बदला लिने इरानको चेतावनी

बिहिवार , आषाढ १८, २०८३

एजेन्सी । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले आफ्ना दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ।

खामेनेईको हत्यापछि मध्यपूर्वमा बढ्दो तनावका बीच आएको यो चेतावनीलाई निकै गम्भीर रूपमा हेरिएको छ।

मोहम्मद बाकर जोलकाद्र द्वारा हस्ताक्षरित आधिकारिक सन्देश उद्धृत गर्दै बीबीसी फारसी सेवाले जनाएअनुसार खामेनेईका हत्यारासँग ‘रगतको बदला’ लिइने स्पष्ट पारिएको छ। उक्त सन्देश सचिव जोलकाद्रले सामाजिक सञ्जाल ‘एक्स’मार्फत पनि सार्वजनिक गरेका छन्।

रिपोर्टअनुसार सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको पहिलो संयुक्त सैन्य आक्रमणका क्रममा खामेनेईको मृत्यु भएको थियो।

 

उक्त आक्रमणमा खामेनेईसँगै इरानका उच्च सैन्य तथा सरकारी अधिकारीहरू र उनीहरूका परिवारका सदस्यहरूको पनि ज्यान गएको जनाइएको छ।

बीबीसी फारसीका अनुसार खामेनेईको अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रम जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदलगायत इरानका प्रमुख सहरमा आयोजना गरिनेछ। यस्तै, छिमेकी इराकका बगदाद, काजमिन, कर्बला र नजफमा पनि शोकसभा आयोजना गर्ने तयारी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077