Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

त्रिवि नियुक्तिलाई लिएर सरकारमाथि शंकर पोखरेलको कटाक्ष - 'जान्नेलाई छान्ने’को गजबको नमुना

त्रिवि नियुक्तिलाई लिएर सरकारमाथि शंकर पोखरेलको कटाक्ष - 'जान्नेलाई छान्ने’को गजबको नमुना

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्तिलाई लिएर वर्तमान सरकारको चर्को आलोचना गरेका छन् । उनले सरकारको नियुक्ति प्रक्रिया र निर्णयप्रति व्यङ्ग्य गर्दै दोहोरो चरित्र देखिएको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले प्रधानमन्त्री तथा बालेन्द्र शाह नेतृत्वको सरकारले ‘जान्नेलाई छान्ने’ भन्ने नारालाई आफ्नै शैलीमा प्रयोग गरेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा लाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्त गरेपछि पोखरेलको प्रतिक्रिया आएको हो।

पोखरेलले विगतमा स्थानीय तह निर्वाचनमा बालेन्द्र शाहसँगै काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका व्यक्तिलाई अध्यादेशमार्फत रिक्त गरिएको राजनीतिक प्रकृतिको पदमा नियुक्त गरिएको उल्लेख गर्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन्।

उनले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्ने सरकारले आफ्ना निकट व्यक्तिलाई नियुक्ति गरेर आफ्नै प्रतिबद्धताविपरीत काम गरेको आरोप लगाए।

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने नीति अवलम्बन गर्दै विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने बहाना बनाइएको भए पनि अहिलेको नियुक्तिले सरकारको वास्तविक उद्देश्य उजागर भएको उनको दाबी छ।

महासचिव पोखरेलले राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश ल्याएर पद रिक्त गर्ने र त्यसपछि आफ्नै पक्षका व्यक्तिलाई नियुक्त गर्ने कार्यलाई सरकारको दोहोरो मापदण्डको उदाहरण भएको टिप्पणी गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077