Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सभामुखको भूमिकामाथि शंकर पोखरेलले उठाए प्रश्न

सभामुखको भूमिकामाथि शंकर पोखरेलले उठाए प्रश्न

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा देखिएको असामान्य परिस्थितिको छानबिन प्रशासनिक तहबाट नभई संसदीय समितिमार्फत नै हुनुपर्ने बताएका छन् ।

सोमबार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा अमर्यादित व्यवहार देखाउने सांसदहरूको छानबिन गर्न प्रतिनिधि सभा सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका थिए ।

तर मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले यस्तो छानबिनलाई प्रशासनिक संयन्त्रमार्फत अघि बढाउनु उपयुक्त नहुने बताएका छन् । उनका अनुसार संसदीय नियमावलीको पालना स्वयं सभामुखबाटै नभएको र प्रतिपक्षी दलहरूलाई विश्वासमा नलिई एकतर्फी रूपमा सभा सञ्चालन गर्ने प्रयासका कारण वर्तमान समस्या उत्पन्न भएको हो ।

पोखरेलले सभामुखबाट भएको कथित नियमावली उल्लङ्घन र प्रतिपक्षको उपेक्षाका कारण सिर्जित परिस्थितिलाई बेवास्ता गर्दै सभामुखकै मातहतका कर्मचारीमार्फत गरिने प्रशासनिक छानबिनले संसद्लाई मर्यादित र निष्पक्ष ढंगले अघि बढाउने वातावरण नबनाउने तर्क गरेका छन्।

उनले यस विषयमा सभामुख र प्रतिनिधि सभाको ध्यान आवश्यक रहेको उल्लेख गर्दै संसद्भित्र सबै पक्षको विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन्।

पोखरेलले लेखेका छन्, “अपमानित हुँदा सज्जन मानिस पनि क्रोधित हुन सक्छ।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077