Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

एमाले विभाजन र अन्तरसंघर्षले ‘पपुलिजम’ जन्मायो, नयाँ–पुरानो दुवै पुस्ता पार्टीबाट टाढिए : शंकर पोखरेल

एमाले विभाजन र अन्तरसंघर्षले ‘पपुलिजम’ जन्मायो, नयाँ–पुरानो दुवै पुस्ता पार्टीबाट टाढिए : शंकर पोखरेल

शनिवार , आषाढ २०, २०८३

एमाले विभाजन र अन्तरसंघर्षले जन्मायो ‘पपुलिजम’, नयाँ–पुरानो दुवै पुस्ता पार्टीबाट टाढिए : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसंघर्ष, तत्कालीन नेकपाको विघटन र एमाले विभाजनले मुलुकमा राजनीतिक निराशा बढाउँदै ‘पपुलिजम’को उदय गराएको बताएका छन्।

उनले पछिल्ला वर्षहरूमा नयाँ पुस्तामात्र होइन, पुरानो पुस्ता, महिलादेखि प्रवासी नेपालीसम्म एमालेबाट टाढिएको स्वीकार गरेका छन्।

शनिबार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै पोखरेलले नेकपा गठनका बेला जनतामा जगाइएको आशा पूरा हुन नसक्दा व्यापक निराशा पैदा भएको बताए। उनका अनुसार यही निराशाले अहिलेको पपुलिस्ट राजनीतिक प्रवृत्तिलाई बल दिएको हो।

पोखरेलले पार्टी विभाजनका क्रममा नेताहरूबीच भएका आरोप–प्रत्यारोपले जनतामा एमालेप्रति नकारात्मक धारणा निर्माण गरेको उल्लेख गर्दै त्यसको असर निर्वाचनमा स्पष्ट रूपमा देखिएको बताए।

उनले नयाँ पुस्तासँगै सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता पनि यसपटक एमालेबाट टाढिएको स्वीकार गरे।

२०८२ भदौ २३ गतेको घटनापछि त्यसको चित्रणले महिलाको मानवीय संवेदनशीलतालाई गहिरो असर पुर्‍याएकाले लामो समयदेखि एमालेलाई साथ दिँदै आएका दिदीबहिनी र आमाहरू पनि पार्टीबाट विमुख भएको उनको भनाइ थियो।

यस्तै, भूमिहीन सुकुम्वासी, मजदुर तथा लामो समयदेखि एमालेको पक्षमा सक्रिय रहेका प्रवासी नेपालीहरू समेत पछिल्ला दिनमा पार्टीबाट टाढिएको तथ्यलाई स्वीकार गर्दै उनले संगठनलाई पुनः जनतासँग जोड्ने चुनौती रहेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077