Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

काठमाडौंमा मुसलधारे वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

काठमाडौंमा मुसलधारे वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

शनिवार , आषाढ २०, २०८३

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा शनिबार मुसलधारे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी राति र आइतबार पनि धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा औसतभन्दा दक्षिणतर्फ तथा पश्चिमी भू–भागमा सरदर स्थानको आसपास रहेकाले वर्षा प्रणाली थप सक्रिय बनेको हो।

पछिल्लो २४ घण्टाको वर्षा विवरणअनुसार काठमाडौंको कीर्तिपुरमा ७५ मिलिमिटर वर्षा मापन भएको छ, जुन भारी वर्षाको श्रेणीमा पर्छ। बबरमहलमा ५३ मिलिमिटर, बूढानीलकण्ठमा ४४ मिलिमिटर, नागार्जुनमा ३६ मिलिमिटर, सुन्दरीजलमा ३० मिलिमिटर, भक्तपुरमा २८ मिलिमिटर तथा ललितपुरमा ११ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न जिल्लामा उल्लेख्य वर्षा भएको छ। दाङमा ६७ मिलिमिटर, सिन्धुपाल्चोकमा ६५ मिलिमिटर, कास्कीमा ६१ मिलिमिटर, रुकुम पश्चिममा ५९ मिलिमिटर र लमजुङमा ५३ मिलिमिटर वर्षा मापन भएको छ। सोलुखुम्बु र सङ्खुवासभामा पनि भारी वर्षा भएको विभागले जनाएको छ।

यस्तै दैलेख, जाजरकोट, जुम्ला, कालिकोट र प्यूठान लगायत जिल्लामा पनि भारी वर्षा नजिकको अवस्था देखिएको छ। समाचार तयार पार्दासम्म काठमाडौं, बझाङ, पर्वत र सिन्धुपाल्चोक लगायतका जिल्लामा वर्षा जारी रहेको विभागले जनाएको छ।

मौसमविद्का अनुसार आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

भोलि ९आइतबार० पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077