मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
हेटौँडा-वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको हो।
दुर्घटना लगत्तै प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।
बसमा सवार करिब ३५ जना यात्रुमध्ये घाइते भएका नौ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइते सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
दुर्घटनाग्रस्त बस हटाउन क्रेनको व्यवस्था मिलाउने काम भइरहेको प्रहरीले जनाएको छ। बस चालक ५० वर्षीय धनिराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले बतायो ।
दुर्घटनाको कारण खुल्न खुलेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।