महोत्तरी । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
बा.२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका बर्दिबास नगरपालिका निवासी अन्दाजी ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
महोत्तरी, गौशाला नगरपालिकाका घाइतेहरूः
जितन प्रसाद यादव (४५ वर्ष, वडा नं. २)
पिंकी यादव (३८ वर्ष, वडा नं. २)
नितु यादव (२४ वर्ष, वडा नं. २)
चाँदनी पासवान (१५ वर्ष, वडा नं. २)
भिकारी यादव (४५ वर्ष, वडा नं. २)
अमृता यादव (२२ वर्ष, वडा नं. २)
अञ्जली साह (२० वर्ष, वडा नं. २)
रुपा महतो (१८ वर्ष, वडा नं. २)
अनिल कुमार पासवान (२४ वर्ष, वडा नं. २)
दिनेश साह (३६ वर्ष, वडा नं. २)
आलोक साह (७ वर्ष, वडा नं. २)
अनिसा महतो (२६ वर्ष, वडा नं. २)
नादनी कुमारी यादव (१० वर्ष, वडा नं. २)
अजय कुमार मण्डल (२७ वर्ष, वडा नं. २)
दीपेन्द्र महतो (३८ वर्ष, वडा नं. २)
पुष्पा महतो (११ वर्ष, वडा नं. २)
ममता महतो (१८ वर्ष, वडा नं. ५)
कुश महतो (२६ वर्ष, वडा नं. ११)
महोत्तरी, औरी नगरपालिकाका घाइतेहरूः
निशा यादव (१३ वर्ष, वडा नं. २)
सोनाक्षी यादव (१० वर्ष)
नन्द किशोर पण्डित (२४ वर्ष)
शिवलाल महतो (३५ वर्ष)
रोहन मण्डल (५ वर्ष, रामतोला देवीका छोरा)
लभ महतो (२४ वर्ष)
अन्य क्षेत्रका घाइतेहरू
सिकेन्द्र बैठा (३२ वर्ष, सोनुवा गा.पा.–७, महोत्तरी)
रामशंकर यादव (३० वर्ष, लक्ष्मीपुर पतारी गा.पा.–५, सिराहा)
निर्मला यादव (२२ वर्ष, लक्ष्मिपुर पतारी गा.पा.–५, सिराहा)
बिकी यादव (७ वर्ष, लक्ष्मिपुर पतारी गा.पा.–५, सिराहा)