Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी हुने

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी हुने

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ । 

महाधिवेशनको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन सहभागी हुने भएका छन् ।

रास्वपाले उद्घाटन समारोहका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई निमन्त्रणा दिएको थियो । तर स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले उनको सट्टा वर्षमान पुनलाई पठाउने निर्णय नेकपाले गरेको जनाएको छ ।

प्रचण्ड निमोनिया र ज्वरोका कारण केही समय अस्पतालमा उपचाररत थिए । उपचारपछि उनी हाल स्वास्थ्यलाभ गरिरहेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनी शुक्रबार पार्टीको सदस्यता नवीकरण अभियानको कार्यक्रममा सार्वजनिक रूपमा सहभागी भएका थिए ।

नेता पुनले आइतबार बिहान चितवन पुगेर रास्वपाको महाधिवेशनमा शुभकामना मन्तव्य दिने छन् ।

रास्वपाको महाधिवेशन उद्घाटन समारोह भरतपुरस्थित गेष्ट हाउस चौर मा हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077