Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

काभ्रे बस दुर्घटना छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा समिति गठन, ७ दिनभित्र प्रतिवेदन आउने

काभ्रे बस दुर्घटना छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा समिति गठन, ७ दिनभित्र प्रतिवेदन आउने

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा आठ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी कमल थापाको संयोजकत्वमा शनिबार ६ सदस्यीय समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

समितिलाई दुर्घटनाको कारण, सम्भावित लापरबाही तथा जिम्मेवार पक्षको पहिचान गरी सत्यतथ्यसहित सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

गत शुक्रबार बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोटमा सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा बसमा सवार आठ यात्रुको घटनास्थलमै तथा उपचारका क्रममा मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर रहेकाले चिकित्सकहरूको निगरानीमा उपचार जारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077