Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

फिफा विश्वकप उद्घाटनमा नोरा फतेहीको धमाकेदार प्रस्तुति, ‘सिरी सिरी’मा झुमे हजारौं दर्शक !

फिफा विश्वकप उद्घाटनमा नोरा फतेहीको धमाकेदार प्रस्तुति, ‘सिरी सिरी’मा झुमे हजारौं दर्शक !

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो उद्घाटन समारोहमा बलिउडकी चर्चित अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले आफ्नो शानदार प्रस्तुति मार्फत दर्शकहरूको मन जितेकी छन् ।

खेल सुरु हुनुअघि आयोजित भव्य समारोहमा नोरा फतेहीले आफ्नो चर्चित गीत ‘सिरी सिरी’ मा ऊर्जावान नृत्य प्रस्तुत गर्दै स्टेडियमलाई उत्साहले भरिपूर्ण बनाएकी थिइन् । उनको आकर्षक स्टेज प्रस्तुति, दमदार नृत्य र मनमोहक पहिरन समारोहका मुख्य आकर्षणमध्ये एक बने।

कार्यक्रममा फ्रान्सेली गायक वेजेड्रीम र बांग्लादेश–अमेरिकी डीजे संजयको पनि विशेष प्रस्तुति रहेको थियो । उनीहरूको संयुक्त सांगीतिक प्रस्तुतिले समारोहलाई थप रंगीन बनाएको थियो।

अन्तर्राष्ट्रिय खेलकुदको यस्तो प्रतिष्ठित मञ्चमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै नोरा फतेहीले आफ्ना रिहर्सल तथा प्रस्तुतिको झलक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077