Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

सिमाबारे बालेनलक्षित गर्दै राजेश हमालले भने- नेतृत्वकर्तामा प्रयाप्त परिपक्कता नहुँदा राष्ट्रले गम्भीर चुनौती भोग्नुपर्छ

सिमाबारे बालेनलक्षित गर्दै राजेश हमालले भने- नेतृत्वकर्तामा प्रयाप्त परिपक्कता नहुँदा राष्ट्रले गम्भीर चुनौती भोग्नुपर्छ

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं। अभिनेता राजेश हमालले देशको नेतृत्व गर्ने व्यक्तिमा दूरदृष्टि हुनुपर्ने टिप्पणी गरेका छन् । 

नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोध भइरहेका बेला अभिनेता राजेश हमालले पनि शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।

गत आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको पाइएको बताएका थिए । त्यसैलाई लिएर अभिनेता हमालले सीमा अतिक्रमणका विषयमा टिप्पणी गरेका हुन्। 

महानायक हमालले सीमापार भूउपयोग र अतिक्रमलाई फरक अर्थमा सुझाव दिएका छन् ।  

अहिले विश्व राजनीति नै तरंगित बनिरहेको अवस्थामा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा प्रयाप्त परिपक्कता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपरेको उदाहरण समेत दिए ।

'आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ,' उनले भनेका छन् ।

साथै, आजको ‘डामाडोल र अनिश्चित’ विश्व राजनीतिक परिवेशमा देश हाँक्ने व्यक्तिमा विशेष गुणहरू हुनुपर्ने उनको तर्क छ ।

त्यस्तो नहुँदा देशले नै गम्भीर चुनौती भोग्नुपर्ने अवस्था आउने उनले औँल्याएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077