Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

धुलिखेमा २४ घण्टा बिताएर काठमाडौं फर्किए रवि र स्वर्णिम

धुलिखेमा २४ घण्टा बिताएर काठमाडौं फर्किए रवि र स्वर्णिम

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेमा करिब २४ घण्टा बिताएर आइतबार काठमाडौं फर्किएका छन्।

उनीहरू शनिबार अपराह्न धुलिखेस्थित काभ्रेपलाञ्चोकको धुलिखेस्थित दुसित थानी रिसोर्ट पुगेका थिए भने आइतबार दिउँसो काठमाडौं फर्किएका हुन्।

लामिछानेसँग उनकी पत्नी निकिता पनि साथमा थिइन्।

उनीहरू उपसभापति एवं अर्थमन्त्री बाग्लेकै लगानी रहेको आफ्नै भिल्लामा बसेका थिए ।

उनीहरूको बसाइँ निजी प्रयोजनका लागि भएको बताइएको छ। 

दुई नेताको यो भेटघाट पार्टी र सरकारबीच समन्वयका विषयमा विभिन्न चर्चा भइरहेका बेला भएको हो। 

यद्यपि, रास्वपाले यसबारे कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077