Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सञ्चारगृह अगाडि गाडी तेर्स्याउने जो कोहीलाई कारबाही हुन्छ : रवि लामिछाने

सञ्चारगृह अगाडि गाडी तेर्स्याउने जो कोहीलाई कारबाही हुन्छ : रवि लामिछाने

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारगृहको गेटअगाडि शंकास्पद रूपमा गाडी तेर्स्याउने घटनामा संलग्न जोसुकै भए पनि कानुनी तथा संगठनात्मक कारबाही हुने स्पष्ट पारेका छन् ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपाले गल्ती गर्ने आफ्नै नेता–कार्यकर्तालाई समेत नछाड्ने नीति लिएको उल्लेख गर्दै दोषी जो भए पनि उन्मुक्ति नपाउने बताए।

रास्वपा त्यो पार्टी हो, जसले आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको इतिहास छ। त्यसैले यो घटनामा रास्वपाकै नेता–कार्यकर्ताको संलग्नता देखिए पनि कारबाही हुन्छ। जो भए पनि कारबाही हुन्छ,’ लामिछानेले भने।

उनले उक्त घटनाबारे रास्वपाले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्दै आधिकारिक विज्ञप्तिसमेत जारी गरिसकेको जानकारी दिए।

सञ्चारमाध्यमको स्वतन्त्रता, प्रेसको सुरक्षा र कानुनी शासनप्रति पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077