Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

कार्यालय घेराउपछि नेप्सेसँगै बढ्यो कारोबार

कार्यालय घेराउपछि नेप्सेसँगै बढ्यो कारोबार

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज आज (मंगलबार) नेप्से एकल अंकले बढेको छ। 

दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ६.११ अंकले बढेर बन्द भएको हो ।। 

नेप्से सोमबार ३०.६० अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.२३ प्रतिशतले बढ्दै नेप्से २५७६.२९ विन्दुमा रोकिएको छ।

नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

नेप्सेमा आज ३८३ कम्पनीको ५३ हजार ८५४ पटकको कारोबारमा एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार आठ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ रुपैयाँको कारोबार भयो। सोमबार भने सात अर्ब ४६ करोड ८४ लाख १६ हजार ११६ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १६४ कम्पनीका सेयरमूल्य बढे। १०१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १० कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहको कारोबार भएकामा उत्पादन तथा प्रशोधन समूहको सूचक घट्यो भने बाँकी १२ वटा समूहको सूचक बढे।

जसअनुसार नेप्सेमा वाणिज्य बैंक ०.०९‚ विकास बैंक ०.२९‚ फाइनान्स ०.५१‚ होटेल तथा पर्यटन ०.०७‚ जलविद्युत् ०.२७‚ लगानी ०.५४ र जीवन बिमा समूहको सूचक ०.३७ प्रतिशतले बढे। उत्पादन तथा प्रशोधन समूहको सूचक ०.१८ प्रतिशतले घट्यो।

यसैगरी लघुवित्त ०.०७‚ म्युचुअल फन्ड ०.६१‚ निर्जीवन बिमा ०.२०‚ अन्य ०.१५ र व्यापार समूहको उपसूचक १.४७ प्रतिशतले बढ्यो।

यसैगरी कामना सेवा विकास बैंकको डिबेन्चरका लगानीकर्ताले १०.२२ प्रतिशतले आम्दानी गरे। यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८.१० प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज केबीएलको डिबेन्चर अग्रस्थानमा रह्यो। मंगलबार यसको ५२ करोड ७१ लाख ८३ हजार २६२ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज आरबीबी फोकस फोट्री म्युचुअल फन्ड अगाडि रह्यो। यसको २४ लाख ५१ हजार ४० युनिट सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतियुनिट ९.३० रुपैयाँ कायम रह्यो। 

लामो समयदेखि शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताले आज नेप्से कार्यालय घेराउ गरेका थिए । बजारमा गिरावट नरोकिएको भन्दै विरोध जनाएकै दिन भने नेप्से परिसूचकमा सामान्य सुधार देखिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077