काठमाडौं। साताको पहिलो कारोबार दिन आज 'सोमबार' नेप्से दोहोरो अंकले घटेको छ।
दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ३०.६० अंकले घटेर बन्द भएको हो।
अघिल्लो कारोबार दिनको तुलनामा आज १.१७ प्रतिशतले घट्दै नेप्से २५७०.१८ विन्दुमा रोकिएको छ।
नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा भने बढेको छ।
नेप्सेमा आज ३६८ कम्पनीको ५१ हजार २९५ पटकको कारोबारमा चार करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच भए। जसअनुसार सात अर्ब ४६ करोड ८४ लाख १६ हजार ११६ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आज २२ कम्पनीका मात्र सेयरमूल्य बढे। २४९ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा चार कम्पनीका सेयरमूल्य स्थिर रहे भने १३ समूहको कारोबार भएकामा सबै समूहका सूचक घटेर राताम्मे बने।
जसअनुसार नेप्सेमा वाणिज्य बैंक ०.६८‚ विकास बैंक ०.८३‚ फाइनान्स १.३२‚ होटेल तथा पर्यटन १.९९‚ जलविद्युत् १.९८‚ लगानी ०.८८‚ जीवन बिमा १.०७‚ उत्पादन तथा प्रशोधन १.३६ र लघुवित्त उपसमूहको सूचक ०.८७ प्रतिशतले ओरालो लागे।
यसैगरी म्युचुअल फन्ड ०.८१‚ निर्जीवन बिमा ०.७५‚ अन्य ०.८५ र व्यापार समूहको उपसूचक २.३० प्रतिशतले घटे।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.३७ प्रतिशतले आम्दानी गरे। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताले ११.२८ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज एनएमबी डिबेन्चर अग्रस्थानमा रह्यो। सोमबार यसको ४८ करोड ४६ लाख ५४ हजार २०४ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज एनएमबी हाइब्रिड फन्डको म्युचुअल फन्ड अगाडि रह्यो। सोमबार यसको एक करोड एक हजार ६०० युनिट सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतियुनिट ९।५१ रुपैयाँ कायम रह्यो।