Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

तुइनखोलाको पहिरो हटाइयो, राति नै एम्बुलेन्ससहित अलपत्र सवारी गन्तव्यतर्फ पठाइयो

तुइनखोलाको पहिरो हटाइयो, राति नै एम्बुलेन्ससहित अलपत्र सवारी गन्तव्यतर्फ पठाइयो

मंगलवार , आषाढ ३०, २०८३

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिकाको तुइनखोलामा खसेको ढुंगा र लेदोयुक्त पहिरो राति हटाइएपछि बीच बाटोमा अलपत्र परेका एम्बुलेन्ससहितका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

सोमबार साँझदेखि अविरल वर्षासँगै तुइनखोलामा पहिरो खस्दा देशकै व्यस्त राजमार्गमध्ये एक मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर शुकबहादुर गुरुङका अनुसार गएराति करिब १०:३० बजे पहिरो पन्छाएपछि सडकमा रोकिएका एम्बुलेन्स तथा अन्य सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको हो।

यद्यपि, उक्त क्षेत्रमा पहिरो खस्ने जोखिम अझै उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म नयाँ सवारी साधनलाई उक्त सडकखण्ड प्रयोग नगर्न आग्रह गर्दै आवागमनमा रोक लगाएको छ।

प्रशासनले वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077