Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, बिहानैदेखि यातायात ठप्प

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, बिहानैदेखि यातायात ठप्प

शुक्रवार , बैशाख २५, २०८३

भरतपुर । नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान अचानक खसेको पहिरोका कारण देशकै व्यस्त राजमार्गमध्ये एक मानिने उक्त सडकखण्डमा यातायात सेवा ठप्प बनेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिन का प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूरै ढाकेकाले दुवैतर्फ सवारीसाधन रोकिएका छन्।

सडक खुलाउन सडक डिभिजन कार्यालय सँग समन्वय गरी प्रहरी टोली र डोजर परिचालन गरिएको प्रहरीले जनाएको छ।

पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेकाले केही समयपछि सडक एकतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। यात्रुहरूलाई वैकल्पिक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077