Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडक पूर्ण बन्द

आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडक पूर्ण बन्द

शनिवार , श्रावण २, २०८३

काठमाडौं । नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा आज राति १० बजेदेखि सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै रातिको समयमा यात्रा गर्दा हुन सक्ने जोखिमलाई ध्यानमा राखी अर्को सूचना प्रकाशित नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको जनाएको हो ।

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, 'रातिको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको छ।'

हाल देशभर मनसुन सक्रिय रहेकाले लगातार वर्षासँगै पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा दुर्घटनाको जोखिम बढेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077