Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

बुधवार , आषाढ ३, २०८३

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिक बुधबार राति सुख्खा पहिरो खस्दा सडक एकतर्फी रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार राति करिब ९ बजे सडकमाथिबाट ठूलो मात्रामा सुख्खा पहिरो खसेपछि सो सडक खण्डमा सवारी आवागमन प्रभावित भएको हो। पहिरो खस्ने क्रम जारी रहेकाले हालसम्म सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

सडक डिभिजनले पहिरो हटाउन आवश्यक उपकरण तथा मेसिन परिचालन गरिसकिएको र अवरोध पन्छाउने कार्य तीव्र रूपमा जारी रहेको जनाएको छ।

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधनहरू रोकिएका छन् भने यात्रुहरूलाई वैकल्पिक समय र मार्ग अपनाउन सुझाव दिइएको छ।

प्रशासनले पहिरो प्रभावित क्षेत्रमा यात्रा गर्दा सतर्क रहन, ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न र सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077