Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

निर्यात रोकिएपछि भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुँदै

निर्यात रोकिएपछि भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुँदै

बुधवार , आषाढ ३, २०८३

झापा । चिया निर्यातमा देखिएको समस्याका उद्योग गम्भीर सङ्कटमा परेका भन्दै नेपाली चिया उद्योगीले भोलिदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने बताएका छन्। 

बुधबार नेपाल चिया उत्पादक संघ, झापाले पत्रकार सम्मेलन गरी भालिदेखि चिया उद्योग र बगान बन्द गर्न लागेको जानकारी गराएको हो ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चाल्न बाध्य भएको बताएका छन्। 

यसबाट करिब ६० हजार श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन्।

नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब रु १२ देखि रु १४ अर्ब रहेको र त्यसमध्ये करिब रु पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको छ ।

जसमध्ये वार्षिक एक अर्ब राजस्व सरकारलाई बुझाउँदै आएको संघले जनाएको छ।  

त्यसैले भारतको विकल्पमा बंगलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने भएकाले सरकारसँग कूटनीतिक पहल गरिदिन पनि उद्योगीले आग्रह गरेका छन्। 

यसअघि सोमवार उत्पादनको मुख्य सिजनमै चिया बिक्री हुन नसकेपछि आजदेखि इलामका ५३ चिया उद्योगहरू बन्द भएका थिए ।

नेपाली चियाको प्रमुख निर्यात बजार भारतमा देखिएको अवरोधका कारण चिया उद्योग गम्भीर संकटमा परेको छ। 

भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन खडा गरेपछि चिया उद्योग बन्द हुँदा हजारौं किसान प्रत्यक्ष प्रभावित भएका हुन्।

यसैबीच बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले कूटनीतिक माध्यमबाट पहल गरिरहेको बताएकी छन्।

उनका अनुसार चिया निर्यातलाई विगतमा जस्तै सहज बनाउन प्राविधिक पक्ष र कूटनीतिक माध्यम दुवैबाट सम्बन्धित पक्षसँग पहल अघि बढाइएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077