काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ०.०८ अंकले बढेको छ ।
दिनभर उतारचढाव रहेको नेप्से अन्ततस् ०.०८ अंकले बढेको हो। जसअनुसार नेप्से अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०० प्रतिशतले बढ्दै २७०५.५३ विन्दुमा रोकिएको छ।
नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आज नेप्से ३५२ कम्पनीको ४४ हजार ५४२ पटकको कारोबारमा ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँको कारोबार भयो।
आज १२५ कम्पनीका सेयरमूल्य बढे। १३२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहको कारोबार भएकामा पाँच समूहका सूचक बढ्दा आठ समूहका सूचक घटे।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.१८ प्रतिशतले घट्यो। विकास बैंक ०.०० र फाइनान्स समूहको सूचक ०.१४ प्रतिशतले बढ्यो। यस्तै होटेल तथा पर्यटन समूहको सूचक ०.६४ प्रतिशतले घट्दा जलविद्युत् ०.३० र लगानी समूहको सूचक ०.५३ प्रतिशतले बढे। यस्तै जीवन बिमा समूहको सूचक ०.०७ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहको सूचक भने ०.५१ प्रतिशतले बढ्यो।
नेप्सेमा बुधबार लघुवित्त ०.०४‚ म्युचुअल फन्ड ०.०५‚ निर्जीवन बिमा ०.५५‚ अन्य ०.०८ र व्यापार समूहको उपसूचक ०.६० प्रतिशले घटे।
सोपान फर्म्यास्युटिकल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशतले आम्दानी गरे। यस्तै मंगलबार सोपानका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरेका थिए भने सोमबार १४.९९ प्रतिशतले आम्दानी गरेका थिए। यस्तै एनएमबी डिबेन्चरका लगानीकर्ताले ८.६४ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो। बुधबार यसको २१ करोड १७ लाख ११ हजार ६६८ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज लक्ष्मी सनराइज बैंक लिमिडेट अगाडि रह्यो। यसको चार लाख ३७ हजार ४३६ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २१८ रुपैयाँ कायम रह्यो।