Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्मार्ट सेल प्रकरणः दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी आफैं तानिए अनुसन्धानमा

स्मार्ट सेल प्रकरणः दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी आफैं तानिए अनुसन्धानमा

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । स्मार्ट सेलको करिब पाँच अर्ब हिनामिना प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पनि छानबिनमा तानिएका छन् । यस प्रकरणमा भण्डारीको दोहोरो र शंकास्पद भूमिका देखिएको छ । 

सुरुमा उनले एनसेल आजियाटाका सञ्चालक शतिसलाल आचार्यसँग मिलेर गैरकानूनी रुपमा स्मार्ट सेलको उपकरण लिलामीमा साथ दिएका थिए । तर, पछि कुरा नमिलेपछि आफु चोखिनका लागि प्रधानमन्त्री कार्यालयदेखि नेपाल राष्ट्र बैंकलाई भण्डारीले नै गुहारेको खुलेको छ ।

उनको शंकास्पद भूमिकाबारे हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले छानबिन गरिरहेको स्रोत बताउँछ । 

राष्ट्र बैंक स्रोतका अनुसार नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै सीआईबीले भण्डारीको बैंक खाताको विवरण मगाएको छ । राष्ट्र बैंकले मंगलबार सबै बैंक तथा वित्तिय संस्थासँग उनको आर्थिक कारोबारको विवरण झिकाएको स्रोत बताउँछ । 

भण्डारी कुनै समय तत्कालिन स्पाइस नेपालको सीएफओ थिए । रसियन भाइजर समूह र उपेन्द्र महतोले स्पाइस नेपाल सञ्चालन गरेको बेला भण्डारी सीएफओ थिए । करिव ९ महिना काम गरेर भण्डारी चाहिं सतिशलालकै योजनामा विदेशिएका थिए । स्पाइस नेपाल पछि एनसेल आजियाटा बनेको थियो । 

राज्यको अर्बौं राजश्व छल्दै आएको एनसेलको बोर्ड नै अबैध, चारैतिर सेटिङ ! राज्यको अर्बौं राजश्व छल्दै आएको एनसेलको बोर्ड नै अबैध, चारैतिर सेटिङ !

त्यही बेलादेखि नै भण्डारीको एनसेलका सञ्चालकहरुसँग हिमचिम थियो । पछि रेखा शर्मा सञ्चारमन्त्री भएको बेला उनको पिए भए । एनसेलको समेत लबिङमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले उनलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाएको थियो ।

पछि एनसेलसँग आर्थिक सम्बन्ध बिग्रिएपछि उनले यो प्रकरणलाई उचालेको प्राधिकरणकै एक अधिकारीले अनलाइन नेपालसँग बताए । 

छानबिनको क्रममा उनले स्मार्ट सेलका सम्पत्ति सरकारको मातहतमा ल्याउन कुनै प्रयास नगरेको र लिलामको पनि प्रक्रिया धेरै अघि बढीसकेपछि मात्र रोक्न पत्राचार गरेको देखिन्छ  । 

सुरुवातमा उनले एनसेललाई सघाएका थिए । सोही आधारमा आर्थिक लाभ लिएको आशंकामा उनको बैंक खाताको विवरण प्रधानमन्त्री कार्यालयको निर्देशनमा सीआइबीले मगाएको स्रोत बताउँछ । 

सीआइबीबाट पर्याप्त प्रमाण नपुगेमा उनीमाथि छानबिन गर्न अख्तियार दुरुप्योग अनुसन्धान आयोगलाई पत्राचार गर्ने तयारी छ । 

भण्डारी तिनै व्यक्ति हुन्, जसलाई सतिशलाल आचार्यले नै बुरुन्डीस्थित स्मार्ट टेलिकमको सीइओ बनाएका थिए । त्यहाँ पनि करछली लगायतका कारणले चलाउन नसकेपछि कम्पनी नै बन्द भइसकेको छ । सन् २०२२ मा उक्त कम्पनी बन्द भएको हो । 

 

कम्पनीले कर नतिरेपछि त्यहाँको सरकारले सूचना समेत निकालेको थियो । 

नेपालमा पनि एनसेल करछली लगायत अनेक घोटालामा मुछिंदै आएको छ । यसका अवैध सञ्चालक रहेका सतिशलाल यो प्रकरणको अनुसन्धान रोक्न पनि लागिपरेका छन् । अवैध सम्पत्ति लुकाउनकै लागि उनले सिंगापुरको नागरिकता लिएर धेरै सम्पत्ति विदेश पुर्याएका छन् । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई साढे चार अर्ब ऋण व्यक्तिगत रुपमा तिुर्नपर्नेमा उनले स्मार्ट सेलको उपकरण बेचेर सेटल गर्ने योजना बनाएका थिए । त्यसमा बैंक समेत छानबिनमा तानिएको छ । 

बैंकका सीइओ ज्योतिप्रकाश पाण्डे पक्राउ परि साधरण तारेखमा छुटिसकेका छन् । उनी बैंक फर्किसकेका छन् । तर, सतिशलाल र उनका भाइ सचिनलाल तथा भुपेन्द्र भण्डारीहरु भने अझै पक्राउ परेका छैनन् । 

सीआइबीले यस प्रकरणमा ६ जना पक्राउ गरेकोमा सबैजना छुटिसकेका छन् । अनुसन्धान एनसेलमा पुगेपछि रोकिएकाले कतै यसमा चलखेल भएको त होइन ? भन्ने आशंका पनि उब्जिएको छ । 

यो भ्रष्टाचारसँग पनि जोडिएकाले अख्तियारबाट समेत छुट्टै छानबिन गर्ने सम्भावना छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077